Alert

महानगरीय प्रहरी अपराध महाशाखा
डांका तथा चोरी घटना
अपराध कार्यबिधी

१. घर/कोठामा मानिस नभएको मौका मिलाई चोरी -
घर/कोठामा मानिस नभएको अबस्थामा भित्र पसी फलामको रडले ताला तोडी भित्र पसी रडले दराजका तालाहरु तोडी नगद तथा सुन, चांदीका गरगहना चोरी गरी लग्ने गरेको ।

२. घर परिवारलाई नियन्त्रणमा लिई डांका -
बिशेष गरी राती २४०० बजे देखी बिहान ०४०० बजेको बिचमा ६/७ जनाको समुह मिली ट्याक्सी तथा मोटर र्साईकलको प्रयोग गरी घर परिवार गहीरो निन्द्रामा रहेको समय पारी फलामलाई बिशेष प्रकारले बङ्गाएको रडको प्रयोग गरी ढोकाको चुकुल तोडी भित्र पसी खुकुरी, पेस्तोल देखाइ, डर धम्की दिई घर परिवारलाई नियन्त्रणमा लिई एउटा कोठामा थुनी दराजको चाबी मागी, दराज, बाकसहरुमा भएका गरगहना निकाल्नुका साथै शरिरमा लगाएका गरगहना समेत खोल्न लगाई लग्ने गरेको ।

३."हामी प्रहरी हौं" भनी भित्र पसी घर परिवारलाई नियन्त्रणमा लिई डांका -
बिशेष गरी रातको समयमा ६/७ जनाको समुहमा आई हामी प्रहरी हौ तपाईको घर चेक गर्न आएका हौं भनी ढोका खोल्न लगाई घर भित्र पस्ने र घर भित्र पसि सकेपछि घर परिवारलाई नियन्त्रणमा लिई एउटा कोठामा थुनी दराजको चाबी लिई दराज, बाकस खोली तथा लगाएका गरगहना खोली धनमाल लग्ने र तिमीहरुले यो घटना बारे कसैलाई भनिस वा प्रहरीमा खबर गरिस् भने हामी तिमीहरुलाई मारिदिन्छौँ भनि डर त्रास दिई घटनालाई लुकाउने गरेका ।

४.सामान्य चिनजान गरी मौका मिलाई चोरी गर्ने -
एउटै गाउँ घर बताई सामान्य चिनजान गरी बास्तबिक नाम, थर, वतन नबताई काल्पनीक नाम, थर, वतन बताई केही समय भेटघाट गरी संगै बस्ने गरेको र सोही क्रममा कोठामा साथी नभएको मौका पारी कोठामा रहेको सम्पुण् नगद तथा धनमाल चोरी गरी लाने गरेको ।

५. पेस्तोलले फायर गरी डांका -
मिति ०६४।६।९ गते सांझ १९३० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.१५ स्वयम्भू आनन्दनगर स्थित छेवा शर्ेपाको घरमा अपरिचित ५/६ जनाको समूहमा आएका व्यक्तिहरु कोठा भित्र प्रबेश गरी हामी प्रहरी हौं चेक जांच गर्न आएको भनी पेस्तोल देखाई सबैलाई नियन्त्रणमा लिई कोठा भित्र रहेको बिभिन्न धनमाल तथा नगद लिई भाग्ने बेलामा एक राउण्ड गोली समेत फायर गरी छेवा सर्ेपालाई सख्त र्घाईते बनाई डांका गरेको ।

६.धारिलो हतियारको प्रयोग गरी र्घाईते बनाई लुट्ने -
मिति ०६४।५।२९ गते अं.११२५ बजेको समयमा विमल कुमार चिरानिया आफ्नो काम बिशेषले का.जि.भोटे बहाल स्थित सडकमा एक्लै हिंडिरहेको अबस्थामा नाम, थर, वतन, नखुलेका ४ जनाको समुहमा आएका अपरिचित व्यक्तिहरुले निज विमल कुमार चिरानियालाई कुटपिट तथा धारिलो हतियार प्रहार गरी सख्त र्घाईते बनाई साथमा रहेको नगद रु.४१,००,०००।- समेत लुटी लगेको ।

७.निर्माण सामाग्री मिलाई दिन्छु भनी लगी नगद लिई भागेको -
मिति ०६४।७।२२ गते सामान्य चिनजान भएको व्यक्तिले बालुवा मिलाई दिन्छु भनी पेप्सीकोला स्थित बालुवाखानी देखाई त्यहांबाट र्फकने क्रममा निजलाई पेप्सीकोलाबाट गौरीघाटसम्म लैजाने क्रममा खैरो भिर्ने झोलामा रहेको नगद रु.२ लाख झिकी भागेको ।

८.मानिसलाई पैसा टिप्न लगाई टेबुलमा राखेको नगद लिई भागेको -
मिति ०६४।७।१९ गते जग्गा ब्रि्री गरी नेपालर् इन्भेष्टमेन्ट बैंकमा जम्मा गर्न गएको समयमा संगैको टेबुलमा बस्ने मानिसले केही पैसा भुइंमा खसाली "तपाईको पैसा खसेको छ "भनी सो पैसा टिप्न निहुरिएको मौका पारी टेबुलमा राखेको नगद रु.५,३२,०००।- लिई भागेको ।

९.मोटरर्साईकल चोरी गरी पिडितसंग रकम माग गर्ने -
जिल्ला चितवन मंगलपुर गा.बि.स.वडा नं. ८ घर भै हाल का.जि.महादेबस्थान गा.बि.स.वडा नं.८ बाणस्थली बस्ने प्रकाश बाबु घिमिरेले बिभिन्न व्यक्तिहरुको मोटरर्साईकल चोरी गरी चोरी भएको मोटरर्साईकल उपलब्ध गर्राईदिने भनी आफुलाई प्रहरीको र्सइ. बताई ट्राफिक प्रहरी महाशाखाबाट चोरी भएको पिडितको फोन नम्बर लिई पिडितलाई फोन गरी म प्रहरीको र्सइ. हुं म तपाईंको मोटरर्साईकल खोजी दिन्छु त्यस बापत मलाई केही पैसा दिनु पर्छ भनी आफ्नो बाबुको नाममा नेपालर् इन्भेष्टमेन्ट बैंक, न्यूरोड शाखामा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै केही पिडितबाट म मोटरर्साईकल खोजी गरी दिन्छु मोटरर्साईकलको कागजपत्र मलाई दिनुस् भनी कागज पत्र लिई उक्त मोटरर्साईकलको यातायात व्यबस्था कार्यालयमा रहेको ढड्डा समेत घरमा लगी नक्कली ढड्डा तयार गर्ने र मोटरर्साईकल ब्रि्री गर्ने गरेको ।

१०.गाडीमा कांटी ठोकी टायर पंचर गर्राई -
मिति ०६४।९।२२ गते दिउसो ११३० बजे का.जि.का.म.न.पा.१० बानेश्वर स्थित स्टान्डर चार्टर बैंक बाट पैसा निकल्न बा.३ च ९९२४ नं.को स्यान्ट्रो कार लिई गएका जि.भक्तपुर कटुन्जे गा.बि.स.वडा नं.९ वस्ने प्रकाश थापा पैसा निकाल्न वैंक भित्र गएको अबस्थामा निजलाई पिछा गरी गएका ४ जना व्यक्ति मध्येले निजले बैंक कम्पाउण्डमा पार्क गरी राखेको कारमा गुडेको केही समयमा टायर पंचर हुने किसिमले फलामाका कांटीहरु ठोकेको, निज पैसा निकाली कार स्र्टार्ट गरी बानेश्वर स्थित कृष्ण टावर अगाडी पुगेको बेलामा टायर पंचर भएको थाहा पाइ टायर फर्ेन लागेको अबस्थामा कारको पिछा गरी आएका निज व्यक्तिहरुले कार भित्र राखेको नगद रु. १६,५०,०००।- भएको झोला निकाली भागेका । ऋऋत्ख् र पिडितको अनुसार घटनामा तर्राई बासी हुलिया भएका मानिसहरु संलग्न थिए ।

११.स्लिपिङ ट्याब्लेट खुवाई लुटपाट -
मिति ०६४ आश्विन महिनामा भक्तपुर घर भएका राम प्रसाद अवाल भारतको नयां दिल्ली बाट नेपाल आउने क्रममा गोरखपुर पुगेपछि सोही बसमा यात्रा गरिरहेका दुइ जना अज्ञात ब्यक्तिले आफ्नो घर पनि नेपालको स्यांजा बताई परिचय दिई चिया खान जाउं भनी बिचमा बस रोकिएको स्टपमा लगी होटल अगाडी राखी निज २ जना मध्यको एकजना होटल भित्र गर्इृ गीलासमा स्लीपिङ्ग ट्रयाव्लेट हाली बाहीर ल्याएर खान दिएको बसमा गई बसेको केही समय पछि निन्द्रा लागी केही थाहा नपाउने गरी निदाएको अबस्थामा निजको साथमा रहेको धनमाल लिई अर्को स्टप्ामा गई झरी जाने गरेकोे ।

१२.नक्कली सुन देखाई धनमाल लिई जाने -
बिषेश गरी घरमा बुढा बुढी तथा आईमाई मात्र भएको बेलामा अपरिचित व्यक्ति गई सुन जस्तो देखिने पित्तललाई सुन हो भनी बढी सुन सस्तो दाममा पाउनेे लोभमा पारी नगद तथा अन्य धनमाल संग साट्ने वा मलाई जरुरी छ तुरन्तै पैसा चाहियो भनी नक्कली सुनलाई सक्कली भनी कम पैसामा बढी सुन दिने लोभमा पारी म केही दिनमा आउंछु भनी सक्कली सुन भएको बिश्वास दिलाई नगद लिने र भाग्ने गरेको ।

१३.शरिरमा फोहोर पदार्थ र्छर्की साथमा भएको नगद लिई जाने -
बिषेश गरी बैंकबाट पैसा निकाली बाहिर निस्केको ब्यक्तिको पिछा गरी सुटकेश तथा झोला लिई हिंडिरहेको अबस्थामा निजले थाहा नपाउने गरी शरिरमा गन्ध आउने फोहोर पदार्थ पछाडी बाट र्छर्किने र ती मध्यको एक जनाले तपाईको लुगामा फोहोर लागेको छ भन्ने, नीजले हर्ेदा त्यो ज्यादै दर्ुगन्धीत हुने भएकोले एक धुनमा सो फोहोर सफा गर्ने क्रममा भँइमा झोला वा सुटकेश राखेको अबस्थामा ती मध्यका केही व्यक्तिले निजलाई अलमलाई अर्को व्यक्तिले झोला लिई हिंड्ने गरेको ।

१४.पसलेलाई अल्मल्याई पसल भित्र रहेको नगद तथा धनमाल लिई भाग्ने -
किनमेल गर्ने बहाना बनाई एक जना वा बढीको समुहमा आई पसलको सामान किन्ने बहानामा धेरै सामान अर्डर गरी सामान निकाल्न लगाई पसलेलाई अल्मल्याउने, सो अबस्थामा काउन्टरमा वा पसल भित्र रहेको नगद तथा अन्य बहुमुल्य सामान पसलेले नदेख्ने गरी लिने र म एकै छिनमा आउंछु सामान निकाल्दै गर्नुस भनी बाहिर गई भाग्ने गरेको ।

१५.घरका कामदारले नै सुराकी दिई डांका गराएको -
घरमा काम गर्न राखेका मानिसहरुले गोप्य रुपमा मोबाईल राखी उपयुक्त समय बारे खबर दिई बहिरबाट साथीहरु बोलाई आफूलाई समेत कुटपिट गरेको जस्तो बाहना बनाई हात बाधी सानो कोठामा थुनी बाहिरबाट चुकुल लगाई घरमा भएको मानिसलाई नियन्त्रणमा लिई डांका गर्ने गरेको ।

१६.बिचमा कागजको कटिङ्ग राखी दुइ छेउमा सक्कली डलर राखी ठगी गर्ने -
बिदेशबाट भर्खर मात्र आएको, म संग डलर मात्र छ, मलाई तुरुन्तै पैसा चाहिएको छ,मैले डलर साट्न सकिन ,म संग कोठामा डलर धेरै छ भनी केही डलर पनि देखाउने , कम मुल्यमा दिन्छु भनी केही डलर पनि तुरुन्तै दिने र पैसा लिने । यसरी बिश्वास दिलाई सकेपछी अर्को दिनमा यती बजे फलानो ठाउंमा यती पैसा लिएर आउनु, म डलर लिएर आउछु भनी भन्ने । अर्को दिनमा सो तल माथि एउटा सक्कली डलर र बिचमा कागजको कटिङ राखी दुरुस्त पैसा जस्तो देखिने बिटो बनाई त्यो देखाई पैसा ल्याउन लगाउने ,निजले पैसा लिई आएपछि काम गोप्य रुपमा गर्नु पर्छ भनी नीज व्यक्ति संग भएको पैसा पनि नगन्ने र उस्लाई पनि नगन, अरुले देख्लान भन्ने । बिश्वास दिलाउन अर्को दिनको लागि पनि भेटी डलर लिने दिने कुरा गर्ने । निज व्यक्ति सो बिटो लिई गोप्य स्थलमा गई हेदा कागजको बिटा हातमा देख्ने र प्रहरीमा रिपोर्ट गर्ने गरेको ।

१७.पुराना कामदारले लिई राखेको चाबी मिलाई चोरी -
आफूले काम गरेको पसलको चाबी लिईराख्ने र केही महिना पछि रातको समयमा पसल बन्द गरी गएको अबस्थामा चाबी खोली चोरी गर्ने गरेको ।

१८.गार्डलाई नियन्त्रणमा लिई डांका गरेको -
रातको समयमा घरधनीलाई भेट्न आएको बाहना बनाई घरभित्र छिरी गार्डलाई नियन्त्रणमा लिई हात खुट्टा बाधी एउटा कोठामा थुनी घर भित्र छिरी घर परिवारलाई नियन्त्रणमा लिई धनमाल डांका गर्ने गरेको ।

१९.कुकुरलाई बिष सेवन गर्राई चोरी/डांका गर्ने -
घरमा धेरै सुन तथा नगद छ भन्ने निश्चित भै डांका गर्न गएको अबस्थामा घर कम्पाउण्डमा रहेका कुकुरले अबरोध पुर्याएकोले मासुमा बिष राखी कुकुरलाई खान दिएर कुकुर मारेपछि सुनसान भएको अबस्थामा घरको ढोका तोडी भित्र पसी घर परिवारलाई नियन्त्रणमा लिई धनमाल डांका गर्ने गरेको ।

काठमाण्डौ उपत्यकामा हुने अपहरण घट्ना सम्वन्धमा :

१. संलग्न अपराधी समूहहरु :
क) व्यवसायिक अपहरणकारी समूहहरु
ख) गुण्डगर्दी समूहहरु
ग) पीडित भनिने पक्षहरु

२. लक्षित वर्गहरु :
क) माडवारी,उधोगपती,व्यापारी वर्ग तथा परिवार
ख) वैदेशिक रोजगार व्यापसायी तथा दलालहरु
ग) लाहुरे तथा अन्य आर्थिक सम्पन्न वर्गहरु
घ) व्यक्तिगत रिर्सइवी लेनदेन कारोबार र झै-झगडा भएका व्यक्तीहरु ।

३. अपहरणका उदेश्य :
क) फिरौती रकम अशुल गर्न
ख) आपmनो फसेको रुपैया लिन/अशुल्न
ग) रिर्सइवीको कारण

४. अपहरणकारीको M.O :
क) घर वा पसलबाटै अपहरण गर्ने
ख) स्कूल वा कलेज आउंदा जांदा वाटोबाट अपहरण गर्ने
ग) प्राय सवारी साधनको रुपमा TAXI प्रयोग गर्ने
घ) फिरौती रकम लिने र अपहरीतलाई अलग अलग स्थानबाट मुक्ता गर्ने
ङ) लुटी लगेको वा चोरी गरी ल्याएको सम्वन्धीत अपहरीत व्यक्तीकै मोबाईल फोनको प्रयोग गर्ने ।

२०६५।१२।०२ गते ।